+
+
Shares

धितोपत्रको झुटो कारोबार र मूल्य प्रभावित कसुरमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित कसुरमा पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १९:२५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय अनुसन्धान ब्युरोले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोपमा पक्राउ गरेको छ।
  • नेपाल धितोपत्र बोर्डको अनुसन्धानपछि सीआईबीले अग्रवालमाथि झुटो कारोबार र मूल्य प्रभावित कसुरमा कारबाही अघि बढाएको छ।
  • अग्रवालले जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य बढाउन सामाजिक सञ्जाल प्रयोग गरी करिब ४९ लाख १९ हजार नाफा आर्जन गरेको आरोप छ।

४ पुस, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ ।

सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित कसुरमा पक्राउ गरेको हो ।

यसअघि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार सीआईबीले पक्राउ गरेको जनाएको छ ।

अग्रवालले सस्तोमा सेयर खरिद गर्ने गलत प्रचारप्रचार गरी मूल्य बढाइ बिक्री गर्ने गर्दै आएका थिए । उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्‍याउने भन्दै झुट्टा आश्वासन दिने गर्थे ।

सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्थे । सोही विषयमा बोर्डमा उजुरी परेपछि अध्ययन गरेको थियो । बोर्डको अध्ययनले पनि अग्रवालले झुटा कारोबार गर्ने गरेको ठहर गरेको थियो ।

अग्रवालले सेयर बजारमा गरेका झुटा कारोबार तथा भ्रामक सूचना फैलाएर सेयर मूल्य बढाउने विषय र सेयर मूल्य बढाउन सामाजिक सञ्जाल प्रयोग गरेको विषयमा अनलाइनखबरले निरन्तर समाचार लेख्दै आएको थियो ।

सीआईबीले बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी दीपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा सेयर बिक्री गरी करिब ४९ लाख १९ हजार कानुन विपरस्त नाफा आर्जन गरेको अरोप लगाएको छ ।

त्यस्तै अग्रवालले आपसी खरिद–बिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको समेत सीआईबीले जनाएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोप समेत सीआईबीले लगाएको छ । सीआईबीेले धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा काठमाडौं चुनदेवीबाट उनलाई पक्राउ गरेको हो ।

अग्रवालले अन्य व्यक्तिका कारोबार खाता पनि आफैं चलाउने र धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने पैसाका सन्दर्भमा अनेक लफडा गरेर भुक्तानी नदिने गरेका थिए ।

त्यस्तै आफैंले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्स्फर गर्नेसमेत काम गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?