४ पुस, काठमाडौं । चौधरी ग्रुप (सीजी) फाउन्डेसन अन्तर्गत सञ्चालित ‘द चाँदबाग स्कुल’ ले आफ्नो वार्षिकाेत्सव मनाएको छ । २९ वर्षदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको चाँदबागले आफ्नो ‘एनुअल डे सेलिब्रेसन’ गरेको हो ।
वार्षिकाेत्सवका अवसरमा प्रमुख अतिथिका रूपमा भारतको दार्जिलिङमा रहेको सेन्ट जोसेफ्स स्कुल नर्थपोइन्ट दार्जिलिङका रेक्टर तथा प्रिन्सिपल फादर एड्भोकेट स्टान्ली भर्गिज एसजे र विशेष अतिथिका रूपमा चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरी थिए ।
सेलिब्रेसन अन्तर्गत विद्यार्थीहरूले नृत्य, नाटक, गायन लगायत विभिन्न प्रस्तुतिमार्फत आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक लगायत उपस्थित थिए ।
कार्यक्रममा विद्यालयको २९ वर्षे यात्राबारे समीक्षा समेत गरिएको थियो । चौधरी ग्रुपका अध्यक्ष चौधरीले विद्यालयले गुणस्तरीय शिक्षामा बनाएको पहिचानको प्रशंसा गर्दै विद्यार्थीको समग्र विकासमा विद्यालयको भूमिका आगामी दिनमा झनै महत्त्वपूर्ण हुने बताए ।

पछिल्लो समय विदेश पढ्न जाने चाहना घरघरको कहानी जस्तै भइरहेको उनले बताए । विश्वका विश्वविद्यालय संसारभरि फैलिरहेको बताउँदै नेपालका शैक्षिक संस्थालाई बाहिर विस्तार गर्न थुप्रै खालका चुनौती रहेको उनले बताए ।
शिक्षाको गुणस्तर शैक्षिक संस्थासँग जोडिएको बताउँदै उनले त्यसका लागि शिक्षा प्रदान गर्ने क्रममा शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका हुने बताए ।
स्कुलका अध्यक्ष दामेदर लामिछानेले विद्यार्थीहरूलाई सक्षम हुनका लागि कडा परिश्रमिक आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया 4