+
+
Shares

रूसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे अध्ययन गर्ने पुटिनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते २१:३६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको मुद्दा 'हेर्ने' बताएका छन्।
  • भिनाटियरलाई रूसमा 'विदेशी एजेन्ट' दर्ता नगरेको र नयाँ जासुसी आरोपमा २० वर्ष जेल सजायको अभियोग लागेको छ।
  • पुटिनले भने, 'म निश्चित रूपमा यो के हो भनेर खोजी गर्नेछु र कानुनले अनुमति दिए रिहाइका लागि प्रयास गर्नेछौं।'

४ पुस, मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको मुद्दालाई ‘हेर्ने’ बताएका छन् ।

उनलाई ‘विदेशी एजेन्ट’ को रूपमा रूसमा काम गर्न नाम दर्ता नगरेको र नयाँ जासुसीको आरोपमा २० वर्षको जेल सजायका लागि अभियोग दर्ता गराइएको छ ।

स्विस द्वन्द्व मध्यस्थता एनजीओका लागि काम गर्ने र सन् २०२४ जुनमा जेल परेका भिनाटियरले तीन वर्षको सजाय भोगिरहेका छन् भने उनीमाथि जासुसीको नयाँ आरोप पनि लगाइएको छ ।

‘मलाई यस मुद्दाको बारेमा केही थाहा छैन। यो मैले पहिलो पटक सुनेको छु,’ पुटिनले भिनाटियरको मुद्दाको बारेमा भने ।

यसलाई फ्रान्सेली र अन्तर्राष्ट्रिय मिडियाले व्यापक महत्त्व दिएर प्रकाशन तथा सम्प्रेषण गरेका छन् ।

‘म तपाईँहरूसँग प्रतिज्ञा गर्दछु, म निश्चित रूपमा यो के हो भनेर खोजी गर्नेछ । यदि रूसी कानुनले अनुमति दिन्छ भने हामी हरसम्भव उहाँको रिहाईका लागि प्रयास गर्नेछौँ,’ पुटिनले भने ।

सन् २०२२ को फेब्रुअरीमा पुटिनले युक्रेनमा चौतर्फी आक्रमण गरेपछि पक्राउ परेका धेरै पश्चिमीमध्ये भिनाटियर पनि एक हुन् ।

रूसमा कैयौँ अमेरिकी नागरिकलाई पक्राउ गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्ववर्ती जो बाइडेनको मध्यस्थतामा उनीहरूमध्ये धेरैलाई रिहा गरिएको छ ।

भिनाटियरको परिवारले उनीमाथि लागेको आरोपलाई अस्वीकार गर्दै उनी रूसको युद्धका कारण मस्को र पेरिसबीच छाएको तनावको शिकार भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?