News Summary
Generated by OK AI. Editorially reviewed.- लोकदोहोरी गायिका शान्तिश्री परियारले पुस १९ सम्मको सांगीतिक टूर तालिका सार्वजनिक गरेकी छिन्।
- उनको टूर २ पुस तिलोत्तमादेखि सुरु भई १९ पुस अत्तरियामा समाप्त हुनेछ।
- पुस महिनामा उनले विभिन्न मेला महोत्सवमा प्रस्तुति दिने र नयाँ गीत रेकर्ड गराएकी छिन्।
काठमाडौं । अहिलेकी चर्चित लोकदोहोरी तथा पाश्र्वगायिका शान्तिश्री परियारले पुस महिनाको सांगीतिक टूरको तालिका सार्वजनिक गरेकी छन् । १९ पुससम्म उनी विभिन्न मेला महोत्सवमा प्रस्तुत हुनेछिन् ।
सामाजिक सञ्जालबाट उनले सार्वजनिक गरेको टूर तालिका हेर्दा उनको सांगीतिक ब्यस्तता हुने देखिन्छ । २ पुसमा तिलोत्तमादेखि सुरु भएको उनको टूर १९ पुसमा अत्तरियामा पुगेर टुंगिनेछ ।
४ पुसमा चिसापानीमा प्रस्तुति दिएकी उनी पुस ५ मा कास्कीको भदौरेमा गुञ्जिइन् । ९ भदौमा गल्छी हुँदै १० गते उदयपुरको बेल्टारमा उनले प्रस्तुति दिने कार्यक्रम तय छ ।
११ गते बुटवल मेलामा प्रस्तुति दिने उनले १२ गते कोहलपुर, १३ गते सौराहा र १४ गते तनहुँमा आफ्नो प्रस्तुति दिने उल्लेख गरेकी छन् । त्यस्तै, पुस १५ गते पर्वतको कुश्मा, १६ गते भैरहवा, १८ गते तुल्सीपुर र १९ गते अत्तरियामा सांगीतिक कार्यक्रम तय भएको जानकारी दिएकी छिन् ।
पुस महिनाको सुरूआत दर्शक-श्रोताको मायाले उत्साहजनक बनेको उनले बताएकी छिन् । सबैको साथ र समर्थनकै कारण यो सम्भव भएको उल्लेख गरेकी छिन् । मेला-महोत्सवमा उनले आफ्ना चर्चित गीतमा प्रस्तुति दिनेछिन् ।
उनले यही साताअघि लोकदोहोरीसँगै फिल्म ‘परालको आगो’ र ‘पेन्सन पट्टाको’ गीत समेत रेकर्ड गराएकी छिन् । फिल्म ‘वरिष्ठ बलराम’ मा समावेश गीत ‘न्याउली बनैमा’ निकै हिट भएको छ ।
पछिल्लो समय मेला महोत्सव आयोजना भैरहेको, क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२६ आउन लागेकाले संगीतकर्मीलाई यतिबेला भ्याइनभ्याइ हुने देखिन्छ ।
प्रतिक्रिया 4