News Summary
Generated by OK AI. Editorially reviewed.- गायक दुर्गेश थापाले धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा एक लाखजना दर्शक सामुन्ने भब्य प्रस्तुति दिएका छन्।
- उनले आफ्नो ग्लोबल हिट 'दुश्मन हेरेको हेर्यै' सहितका ट्रयाकमा दर्शकलाई नचाएका थिए।
- धनगढी उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा दुर्गेशलाई फ्यानले घेर्दै क्रेज प्रस्तुत गरे।
काठमाडौं । गायक दुर्गेश थापाले धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा भब्य प्रस्तुति दिएका छन् । एक लाखजना दर्शक सामुन्ने आफू गुञ्जिएको दुर्गेशले अनलाइनखबरलाई बताए ।
‘धेरैपछि लाखौं दर्शकमाझ प्रस्तुति दिन पाएकोमा औधि खुसी छु’ उनले भने, ‘वाइल्ड फायर कन्सर्ट रह्यो ।’ दुर्गेशले आफ्नो ग्लोबल हिट ‘दुश्मन हेरेको हेर्यै’ सहितका ट्रयाकमा दर्शकलाई नचाएका थिए ।
चिसिएको धनगढीमा दुर्गेशले महोत्सवको माहोल तताउँदै दर्शकलाई मनोरञ्जन दिए । धनगढी उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा दुर्गेशलाई फ्यानले घेर्दै क्रेज प्रस्तुत गरे ।

धनगढीमा प्रस्तुति दिन उनी आफ्नो टिमसँग त्यहाँ पुगेका थिए । प्राप्त तस्वीर र भिडियोमा पनि दुर्गेशलाई सुन्न उर्लिएको दर्शकीय भीड देखिन्छ । पछिल्लो समय स्वदेश र विदेशमा समेत सबैभन्दा डिमान्डेड कलाकार बनेका दुर्गेशले आफ्नो चर्चित अमेरिका टूरपछि नेपालका विभिन्न ठाउँमा प्रस्तुति दिइरहेका छन् ।
उनी यसपछि इलाम, भारतको सिक्किम लगायतका थलोमा प्रस्तुति दिन जाँदैछन् ।

प्रतिक्रिया 4