News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस लुम्बिनीले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशअन्तर्गत जिल्लाका उम्मेदवारहरूको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ।
- प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जिल्लाका आकांक्षीहरूको नाम केन्द्रीय कार्यसमितिमा पठाएको जानकारी दिनुभयो।
- सिफारिसमा दाङ, रूपन्देही, बाँके, पाल्पा, रोल्पा, प्युठान, कपिलवस्तु, नवलपरासी पश्चिम, अर्घाखाँची र बर्दियाका विभिन्न क्षेत्रका उम्मेदवारहरूको नाम समावेश गरिएको छ।
७ पुस, काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीले आशन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशअन्तर्गतका जिल्लाहरूका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ ।
लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले प्रदेशका जिल्ला कार्यसमितिहरूले उम्मेदवारहरूका लागि गरेको सिफारिसका आधारमा आकांक्षीहरूको नाम केन्द्रीय कार्यसमितिमा पठाएका हुन् ।
प्रदेशले कार्यसमितिले प्रत्यक्षतर्फ दाङ-१ का लागि केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नाम पहिलो प्राथमिकतामा राखेर जानकीलाल बस्नेत (पूर्वक्षेत्रीय सभापति), कमलकिशोर घिमिरे (पूर्व जिल्ला सचिव), प्रदीपराज शर्मा (पूर्व त्रिवि स्ववियु सभापति), प्रदीप थापा र प्रतिक्षा चौधरीको नाम केन्द्रमा सिफारिस गरेको छ ।
दाङ–१ बाट समानुपातिकतर्फ केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, संविधानसभा सदस्य सुशीला चौधरी, अनुराग यादव, मधु न्यौपाने, पवन नेपाली, खड्कबहादुर विश्वकर्मा, कृष्ण गिरी र देवका बेल्बासेलाई सिफारिस गरिएको छ ।
दाङ–२ का लागि प्रदेश सहमहामन्त्री खगराज पाण्डे, भोजराज पाण्डे (पूर्व क्षेत्रीय सभापति, किरणकिशोर घिमिरे, अनिता देवकोटा (पूर्व प्रमुख सचेतक, राष्ट्रियसभा), विमला योगी, बमबहादुर डिसी, विपुल पोख्रेल (पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ), दुर्लभ केसी, विष्णु शर्मा र कुलराज खनाल सिफारिसमा परेका छन् ।
यो क्षेत्रका लागि समानुपातिकतर्फ गोमा रावत, सावित्रा राना, हरि सुवेदी, बाबुराम विश्वकर्मा, गणेशकुमार चौधरी, विपिन बुढाथोकी, र बुझाउन चौधरीको नाम सिफारिस गरिएको छ ।
दाङ–३ बाट केन्द्रीय सदस्य दिपक गिरीको नाम पहिलो नम्बरमा राखेर जिल्ला सभापति शंकरप्रसाद डाँगी, निवर्तमान सभापति कृतिबहादुर खड्का, केशवराज आचार्य, र राजेन्द्र धितालको नाम प्रत्यक्षतर्फ सिफारिसमा परेको छ ।
समानुपातिकतर्फ भरत केसी, महादेव शाह, कमिसिंह डाँगी, यमप्रसाद पाण्डे, मदन रसिक, गजोगेन्द्रबहादुर विश्वकर्मा, देविका नेपाली, मिथिला शाह, चित्रा गिरी, केउलापति चौधरी ( कल्पना), घनश्याम सुनार सेर्पाली, चेतबहादुर सेर्पाली र यादव चौधरीको नाम सिफारिसमा परेको छ ।
रूपन्देही–१ का लागि प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिराबहादुर खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुषा कँडेलको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ गंगा शाही, मणिप्रसाद शर्मा, दिपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस पत्रमा उल्लेख छ ।
रूपन्देही–२ बाट युवराज गिरी, प्रकाश राना, चुन्नुप्रसाद पौडेल, दिर्घबहादुर केसी, प्रजापाल गिरी, शरद भट्टराई, मुक्तिराज शर्मा पौडेल, रिता केसी क्षेत्री र सुदीप शर्माको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
यस्तै समानुपातिकतर्फ महेशप्रसाद श्रेष्ठ (महेश थैव), बालकुमार भण्डारी, रिता सेन वली, कविता अर्याल, समा श्रेष्ठ, चित्रबहादुर केसी, प्रसन कोइराला र रवि विश्वकर्मा सिफारिसमा परेका छन् ।
रूपन्देही–३ का लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ । यो क्षेत्रका लागि सुशील गुरूङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्री पनि सिफारिसमा परेका छन् । यस्तै जन्नुतन निशा धुनिया, पुष्पा थरूनी, माधवी शर्मा र रमा अर्याललाई रूपन्देही–३ का लागि समानुपातिकतर्फ सिफारिस गरिएको छ ।
रूपन्देही–४ बाट प्रत्यक्षतर्फ प्रमेदकुमार यादव, आशुतोष मिश्र, रजनी आचार्य, आरती केवटिन र गोपाल पाण्डे तथा समानुपातिकतर्फ टेकबहादुर घले, सन्तराम चमार, रामनरेश प्रसाद पासी, केतकी हरिजन, सर्वदा मोर्य, राजकुमार सिंह र अवधराम यादवको नाम सिफारिस गरिएको छ ।
रूपन्देही–५ बाट केन्द्रीय सदस्य भरतकुमार शाहको नाम प्रत्यक्षतर्फका लागि एकल र बसीउल्लाह मुसलमान तथा मामकला गलामी थापाको नाम समानुपातिकतर्फ सिफारिस गरिएको छ ।
बाँके–१ बाट प्रत्यक्षतर्फ जिल्ला सभापति नारायणप्रसाद गौडेल, उपसभापति कृष्णबहादुर कार्की, लुम्बिनी प्रदेशका सल्लाहकार हुर्मतकुमार न्यौपाने, पूर्वसांसद ज्ञानु केसीको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ नै सिफारिस हुनेमा माधवराम खत्री (पूर्व क्षेत्रीय सभापति), रामबहादुर मल्ल, चुडामणि कँडेल, पोषणराज केसी (क्षेत्रीय सभापति), मिना ढुंगाना सिग्देल र रामकुमार राढको नाम पनि सिफारिसमा परेका छ ।
बाँके–२ का लागि पूर्वमन्त्री गजेन्द्रबहादुर हमाल, जिल्ला सचिव सुधान्सु कोइराला, क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, सुदिपनरसिंह राणा, मो. याकुव अन्सारी र लिलावती यादव प्रत्यक्षतर्फ सिफारिसमा परेका छन् ।
बाँके–३ बाट सहमहामन्त्री किशोरसिंह राठौर, प्रदेश सभापति अमरसिंह पुन, आशा विक, मेघराज वली, लक्ष्मीनारायण शाह, टेकबहादुर खड्का, देशबहादुर खत्री, कृष्ण विक रसाइली, महेन्द्र मल्ल ठकुरी, ऋषिकेश जिसी र लक्ष्मी नारायण शाह सिफारिस भएका छन् । यो क्षेत्रबाट समानुपातिकतर्फ केन्द्रीय सदस्य रंगमती शाहीसहित १९ जनाको नाम केन्द्रीय कार्यसमितिसमक्ष सिफारिस भएको छ ।
लुम्बिनी प्रदेशमा पर्ने पाल्पा–१ बाट प्रत्यक्षतर्फ सन्दीप राना र समानुपातिकतर्फ कृष्णप्रसाद अधिकारी एकल सिफारिसमा परेका छन् । पाल्पा–२ बाट निवर्तमान जिल्ला सभापति वीरबहादुर राना, सभापति हिमालदत्त श्रेष्ठ, नेपाल महिला संघकी कावा सभापति मिना पन्थी, कृष्णप्रसाद बस्याल र नेविसंघ पूर्वमहामन्त्री डा. महेश्वरी कुँवरको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
यस्तै रोल्पाबाट प्रत्यक्षतर्फ महामन्त्री गगनकुमार थापालाई पहिलो नम्बरमा राखेर सिफारिस गरिएको छ । यहाँबाट प्रदेश सभापति पुनसँगै नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, ज्ञानबहादुर वली र डा. मन्दीप सुवेदी पनि सिफारिसमा परेका छन् ।
प्युठानबाट केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल, खिमानसिंह रायमाझी र लक्ष्मी श्रेष्ठलाई सिफारिस गरिएको छ । यस्तै समानुपातिकतर्फ देविराम पुनमगर र निशा योगीको नाम सिफारिसमा परेको छ ।
कपिलवस्तु–१ का लागि महामन्त्री थापा, संविधानसभा सदस्य अतहर कमाल मुसलमान, लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री सहसराम यादव, आशिष शर्मा, जिल्ला सचिव खोमबहादुर सिंह ठकुरी (शक्ति) र धुर्व नेपाललाई सिफारिस गरिएको छ ।
कपिलवस्तु–२ बाट पूर्वमन्त्री तथा प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, रविन्द्रनाथ ठाकुर, विक्रमसिंह थापा र गोपीकृष्ण शर्माको नाम प्रत्यक्षततर्फ सिफारिस भएको छ । कपिलवस्तु–३ मा प्रत्यक्षतर्फ पूर्व सहायकमन्त्री विरेन्द्रकुमार कनोडियाको एकल नाम सिफारिस भएको छ ।
केन्द्रीय सदस्य विनोदकुमार चौधरी, संविधानसभ सदस्य विक्रम खनाल, ज्ञानीमाया लामा, बन्धुप्रसाद बरई र नन्दु चौधरीलाई नवलपरासी पश्चिम–१ बाट सिफारिस गरिएको छ । प्रदेश कार्यसमितिका अनुसार लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री खनाल केन्द्रीय अनुशासन समितिको कारबाहीमा परेका नेता हुन् ।
नवलपरासी पश्चिम–२ का लागि केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल, पूर्वजिल्ला सभापति विष्णुप्रसाद पौडेल, सुनवल नगरपालिकाका पूर्व प्रमुख भीमबहादुर थापा क्षेत्री, सञ्जय यादव, मोहन शर्मा, क्षेत्रीय सभापति नरेन्द गुप्ता, यमप्रसाद भुसाल र मिठु केसी सिफारिस भएका छन् ।
अर्घाखाँचीका लागि प्रतयक्षतर्फ कमलप्रसाद भुसाल, जयबहादुर टण्डन, तारापैसाद श्रेष्ठ, बाबुराम पौडेल, विष्णुप्रसाद खनाल, मुक्तिराम श्रेष्ठ, रेवतीप्रसाद भुसाल र लेखनाथ पोख्रेल सिफारिसमा परेका छन् ।
बर्दिया–१ का लागि सञ्जयकुमार गौतम, डा. गोपाल दहित, महेन्द्रकुमार शर्मा, गंगाधर पौडेल र रत्ना थारू प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
यस्तै २ नम्बर क्षेत्रका लागि सहमहामन्त्री किशोरसिंह राठौंर, पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, अरूणप्रकाश राठौर, जग्गाप्रसाद पाण्डे, मिनराज चौधरी, प्रशुराम चौधरी, मकरबहादुर सिजापति, रामचन्द्र थापा, विद्याप्रसाद खनाल र दिपक भण्डारीको नाम सिफारिसमा परेको छ ।
प्रतिक्रिया 4