७ पुस, काठमाडौं । सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘जेनजीको माग चुनाव होइन सुशासन’ भन्दै मिराज ढुंगानासहित रविकिरण हमाल, निकोलस भुसाल लगायत प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग उनीहरुको छ ।
यसअघि मिराज ढुंगानासहितका युवाहरुले माइतीघर क्षेत्रमा प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेका थिए । तर प्रशासनले प्रदर्शनको अनुमति दिएको थिएन । अनुमति विना प्रदर्शन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेको छ ।
प्रदर्शनलाई लक्षित गरी माइतीघर क्षेत्र वरपर प्रहरीको तैनाथी बढाइएको छ । मिडियाकर्मीको पनि उल्लेख्य उपस्थिति छ ।
हेर्नुहोस् तस्वीरहरु –





प्रतिक्रिया 4