+
+
Shares

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा न्यून सहभागिता, विभागले गरायो सचेत

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागले १ जनवरी २०२६ देखि काठमाडौं उपत्यकाका तारे होटलमा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली अनिवार्य गर्ने तयारी गरेको छ।
  • यो प्रणाली दोस्रो चरणमा २०८२ फागुन १७ देखि विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स, मनी एक्स्चेञ्जर र सबै होटल तथा सार्वजनिक निजी संस्थामा लागू गरिनेछ।
  • विभागले प्रणाली कार्यान्वयनको लागि आबद्ध निकायहरूको संख्या न्यून रहेको भन्दै सरोकारवालालाई पुनः सचेत गराएको छ।

७ पुस, काठमाडौं । अध्यागमन विभागले १ जनवरी २०२६ बाट अनिवार्य गर्न लागेको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा सहभागिता न्यून भएसँगै सरोकारवालालाई पुनः सचेत गराएको छ । विभागका अनुसार यो प्रणाली पहिलो चरणमा १७ पुस (सन् २०२६ जनवरी १) देखि काठमाडौं उपत्यकाभित्रका तारे होटलमा अनिवार्य गरिँदैछ ।

दोस्रो चरणमा वि.सं. २०८२ फागुन १७ (सन् २०२६ मार्च १) देखि देशभित्रका विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्स्चेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस तथा अन्य सार्वजनिक, निजी संस्थाका सेवामा लागु गर्ने कार्ययोजना छ ।

प्रणाली कार्यान्वयनको लागि छोटो अवधि मात्र बाँकी रहेको र हालसम्म आबद्ध भएका निकायहरूको संख्या न्यून रहेको देखिएको विभागले उल्लेख गरेको छ । विभागका अनुसार पहिलो चरणमा उपत्यकाका तारे होटेलहरूमा अनिवार्य लागु गर्ने भनिए पनि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवम् निजी कम्पनी अग्रीम रुपमा यस प्रणालीमा आवद्ध हुन सक्छन् ।

नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?