+
+
Shares

रवि-बालेन भेटको प्रबन्ध मिलाएका असिम साह भन्छन्- कथाको सुखद सुरुवात भएको छ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते ६:०३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहबीच मध्यरातमा भेटवार्ता सकारात्मक भएको उनीहरु निकट नेताले बताएका छन्।
  • भेटवार्ता असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा मध्यरातसम्म चलेको थियो र उनीहरु एउटै गाडिमा निस्केका थिए।
  • असिम साहले भने- बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो र यो भेटले एकताको सन्देश दिएको छ ।

८ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं का मेयर बालेन साहबीच  मध्यरातमा भएको भेटवार्ता सकारात्मक भएको उनीहरु निकट नेताले बताएका छन् ।

गएराति असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा रवि र बालेनबिच भेटवार्ता भएको भएको थियो । भेटपछि उनीहरु एउटै गाडिमा बसेर निस्किका थिए ।

भेटमा सहभागी असिम साहले भेट सौहार्दपूर्ण भएको र मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

भेटमा भएका छलफलका विषय सार्वजनिक त भएका छैनन् तर यो भेटले एकताको सन्देश दिएको उनीहरु निकट नेताले बताएका छन् ।

भेटवार्ताको चाँजोपाँजो मिलाएका रास्वपा नेता असिम साहले सञ्चारकर्मीहरुसँग भने, ‘बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो ।  त्यसको सुखद सुरुवात भएको छ । सन्देश केहो भने दुई जना मिलेर जाने हो । अब अगाडि बढ्ने हो ।’

उनले फेसबुकमा पनि लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

सहकारीको रकम हिनामिनाको आरोपमा लामो समयको कारागार बसाइपछि गत शुक्रबार धरौटीमा रिहा भएका रविले विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?