+
+
Shares

जेनजी आन्दोलन : बयान दिने कि नदिने भनेर परामर्शमा रमेश लेखक

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते ९:०८

९ पुस, काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक आन्तरिक परामर्शमा जुटेका छन् ।

उनी पार्टीभित्र र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्शमा रहेको स्रोतले बतायो ।

नेता लेखकले पनि बयानबारे ‘सल्लाह’ गरिरहेको अनलाइनखबरलाई बताए । आयोगले बयानका लागि बोलाएको पत्र भने नपाएको उनले बताए । ‘पत्र हिजो पठाएको छ भन्ने सुनेको छु, तर मैले पाएको छैन, के गर्ने भनेर सल्लाह गर्दैछु’ अनलाइनखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै लेखकले भने ।

विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।

भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताले गरेको प्रदर्शनको क्रममा सरकारबाट निर्मम दमन भएको थियो । आन्दोलनका क्रममा प्रहरीको गोली र आगजनीमा समेत परी ७६ जनाको ज्यान गएको थियो ।

सो घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । सो सरकारमा रमेश लेखक गृहमन्त्री थिए । त्यसैले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउने आयोगले जनाएको छ ।

एमाले अध्यक्ष समेत रहेका ओलीले भने बयान नदिने बताउँदै आएका छन् । तर नेता लेखकले भने के गर्ने भन्ने निर्णय गरिसकेका छैनन् ।

महामन्त्री गगन थापा पक्षले भने जेनजी आन्दोलनमा भएका घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने भन्दै लेखकले बयान दिनुपर्ने आवाज उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?