+
+
Shares

प्रतिनिधिसभा निर्वाचन : झापा-५ मा नेकपाबाट तामाङ र बस्नेतसहित ५ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते २०:४८

९ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीबाट झापा क्षेत्र नं ५ का लागि आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा पाँचजनाको नाम सिफारिस भएको छ ।

सिफारिस हुनेमा रन्जित तामाङ, सुरेन्द्र बस्नेत, ठालुप्रसाद गौतम, दिपेनवाला राई र हरिमाया मैनाली छन् ।

झापा–५ यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको क्षेत्र हो । यो क्षेत्रमा यसपटक हुने निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

तामाङ र बस्नेत पार्टीका केन्द्रीय सदस्य हुन् ।

तामाङ तत्कालीन माओवादी केन्द्र निकट अनेरास्ववियू ( क्रान्तिकारी) का पूर्वअध्यक्ष पनि हुन् भने उनी तत्कालीन माओवादी केन्द्रको जिल्ला इन्चार्जको भूमिकामा थिए ।

बस्नेत सोही क्षेत्रमा पर्ने दमक नगरपालिका निवासी हुन् । उनी राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष समेत हुन् । बस्नेतको यही पुस २१ गते चार वर्षे कार्यकाल सकिँदैछ ।

अनेरास्ववियू (क्रान्तिकारी) को वरिष्ठ उपाध्यक्ष,पार्टी उपत्यका विशेष प्रदेशको सचिवको जिम्मेवारी पनि बस्नेतले निभाएका थिए ।

सिफारिस भएका गौतम प्रेस सेन्टरका नेता हुन् । राई विद्रोही जनता समाजवादी पार्टीबाट हालै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।

त्यस्तै मैनाली पूर्व एकीकृत एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएकी हुन् ।

यसैगरी झापा–५ बाट समानुपातिकतर्फ राधिका ओझा, भुमिका कोइराला र सुमित्रा वाङ्देल सिफारिस भएका छन् ।

जिल्लामा क्रियाशील केन्द्रीय सदस्यहरूको बैठकले स्थानीय कमिटीको सिफारिसको आधारमा केन्द्रमा सिफारिस गरेको कार्यदल सदस्य झलकसिंह दर्लामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?