News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'द ब्लू लाइट' को टिजर युट्युबमा सार्वजनिक भएको छ, जसमा मनोवैज्ञानिक-थ्रीलर कथावस्तु चित्रण गरिएको छ।
- फिल्म १६ माघदेखि देशब्यापी प्रदर्शन हुनेछ र बेनिशा हमाल यसका कार्यकारी निर्माता तथा अभिनेत्री हुन्।
- फिल्ममा आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको अभिनय छ र बलिराम चौहानले निर्देशन गरेका छन्।
काठमाडौं । मनोवैज्ञानिक-थ्रीलर कथावस्तुमा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’ को टिजर युट्युबमा सार्वजनिक भएको छ ।
बिहीबार क्रिसमसको अवसरमा अभिनेत्री बेनिशा हमालको फिल्म निर्माण कम्पनी मौरी पिक्चर्सको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
बेनिशाले यो फिल्मबाटै डिजिटल अधिकार लिने कार्य थालेकी हुन् । उनी यो फिल्मकी कार्यकारी निर्मात्री तथा अभिनेत्री समेत हुन् ।
बेनिशा र महेश त्रिपाठीको संवादसँगै सुरु हुने टिजरले प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दाको कथा चित्रण गर्छ ।
अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एकले अर्कोलाई सिध्याउने खेल खेलिरहेका छन् भन्ने टिजरमा देख्न सकिन्छ ।
प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटना टिजरमा समावेश छन् । ब्याकग्राउन्ड स्कोर र रङ संयोजनले फिल्मको थिमलाई दर्शाउँछ ।
फिल्मको प्रदर्शन मिति पनि तय छ । जसअनुसार, यो फिल्म १६ माघदेखि देशब्यापी प्रदर्शन हुनेछ ।
बलिराम चौहानको निर्देशन रहेको फिल्ममा आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको अभिनय पनि छ । बालकलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा छन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्लू लाइट’को सहायक निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् । कार्यकारी निर्मातामा भने छायाँकार समेत रहेका नरेन्द्र मैनाली र बेनिशा छन् ।
प्रतिक्रिया 4