+
+
Shares

जब एक गणितज्ञले चर्चका पादरीहरूलाई अनन्तताबारे बुझाउन लागे…

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्ज क्यान्टरले सन् १८७८ देखि १९०३ को बीचमा अनन्तता सम्बन्धी नयाँ गणितीय सिद्धान्त प्रस्तुत गरे।
  • उनले गणितले ईश्वरको अनन्तता बुझ्न मद्दत गर्छ भन्ने विश्वास राखेर क्याथोलिक चर्चलाई पत्र लेखे।
  • उनले प्रतिपादन गरेको सेट थ्योरीलाई आधुनिक गणितको आधार मानिन्छ।

सन् १८७८ देखि १९०३ को बीचमा पोप लियो १३औँ भ्याटिकनका प्रमुख थिए । ठ्याक्कै त्यही समयमा गणितको संसारमा जर्ज क्यान्टर नामका गणितज्ञले ‘अनन्तता’बारे एउटा नयाँ सिद्धान्त ल्याए । उनको उक्त सिद्धान्तले गणितको क्षेत्रमा तहल्का नै पिट्यो । कतिपयले उनको सिद्धान्तलाई साथ दिए भने केहीले विरोध गरे।

अहिले सो सिद्धान्त गणितको प्रमुख सिद्धान्तमध्येमा गनिन्छ । तर, जर्ज, त्यो सिद्धान्त र चर्चको कुरा निकै रोचक छ । त्यो कुरा यसै वर्ष क्याथोलिक चर्चका नयाँ पोप लिओ चौधौँ नियुक्त भएपछि पुन: सतहमा आएको थियो ।

जर्ज जर्मन गणितज्ञ थिए । उनी आफैंमा प्रोटेस्ट्यान इसाई थिए । भलै उनकी आमा क्याथोलिक थिइन् । जे भए पनि, धार्मिक पृष्ठभूमिमै हुर्किएका उनी गणितको प्रेममा परे । अहिले उनलाई सेट थ्योरीका संस्थापक र अनन्तता सम्बन्धी अवधारणालाई नयाँ तरिकाले व्याख्या गर्ने गणितज्ञ भनेर चिनिन्छ ।

तर, जुन बेला उनले अन्तताबारे नयाँ व्याख्या निकाले, केहीले त्यसको विरोध गरेका थिए । भलै ती विरोधले उनलाई फरक पारेन ।

उनलाई लाग्थ्यो कि, उनको त्यो सोच सिधा ईश्वरबाट आएको हो । तर अचम्म, गणितज्ञहरूले नै उनको कुरा बुझिरहेका थिएनन् । अनि अर्कोतिर उनको मानसिक स्वास्थ्य अवस्था बिग्रंदै गइरहेको थियो । त्यसले गर्दा उनी अरू गणितज्ञहरूदेखि डराउन थालेका थिए । उनीहरूलाई आफूलाई बर्बाद गर्न लागिरहेका छन् भन्ने डरमा उनमा निकै व्याप्त भइसकेको थियो । त्यहीकारण उनले आफ्ना कामहरू सार्वजनिक गर्न छाडिदिएका थिए ।

त्यसको विकल्पमा क्याथोलिक चर्चका पोप र पादरीहरूलाई आफ्नो कुरा बुझाउने सोच उनमा आयो । गणितले ईश्वरको दिमागलाई बुझ्न मद्दत गर्छ भन्ने उनको विश्वास थियो ।

त्यसबेला उनी विश्वास गर्थे कि, अनन्तता केवल गणितीय विषय मात्र होइन । यो आध्यात्मिक र दार्शनिक पनि हो । उनका हिसाबले यदि गणितले अनन्ताको संरचना देखाउन सक्छ भने त्यसले ईश्वरको अनन्त प्रकृति बुझ्न मद्दत गर्छ । त्यही कारणले उनले चर्चका उच्च पदस्थ व्यक्तिहरूलाई पत्र लेखेर आफ्नो विचार राख्न सुरु गरे ।

विशेष गरी उनले यी महत्वपूर्ण कुरा चर्चसमक्ष राखेका थिए, ‘मानिसले काम गर्ने गणितीय अनन्त र ईश्वरको अनन्त दुवै समान हुँदैनन् । यी फरक हुन्छन् । ईश्वरीय अनन्तता ईश्वरका लागि मात्र हो र मानिसले बुझ्न सक्दैनन् । तर, गणितीय अनन्तता गणितमार्फत मानिसले बुझ्न सक्छन्’ उनी यस्तो सोच्थे ।

त्यस्तै पत्रमा उनले गणितले धर्मलाई कुनै हानि नगर्ने पनि लेखेका थिए । अनि चर्चबाट यी सबका उत्तर उनले मिश्रित पाएका थिए । एक पादरीले भने धर्मलाई गणितले असर नगरे पनि उप्रान्त आफूलाई पत्र नलेख्न भनेका थिए ।

यी यस्ता घटनाबीच जर्जको स्वास्थ्यमा निकै गम्भीर समस्या देखिन थाल्यो । उनले अनौठो स्वभाव देखाउन थाले । यतिसम्म कि उनले शेक्सपियरका नाटकहरू अर्कैले लेखेको हो भनेर प्रमाणित गर्न लागिपरे । उनको त्यस्तो हालत देखेर कतिपयले उनलाई ‘पागल’को संज्ञा पनि दिन्थे ।

यद्यपि केही गणितज्ञहरूले उनको समर्थन गर्न सुरु गरे । सन् १८९७ सम्म आइपुग्दा संसारले उनको ‘सेट थ्योरी’ केही हदसम्म बुझ्न थालेको थियो । तर उनको मानसिक स्वास्थ्य सुधार भएन । उनको बाँकी जीवन मानसिक अस्पताल आउने-जानेमै बित्यो ।

आज उनले सुरु गरेको ‘सेट थ्योरी’लाई आधुनिक गणितको सबैभन्दा महत्त्वपूर्ण जग मानिन्छ । यसै थ्योरीमा अनन्तताबारे आधार र पूर्ण औपचारिक संरचना रहेका छन् ।

(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?