+
+
Shares

यस्तो छ निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले १३ पुस २०७९ मा निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ।
  • शनिबार बसेको बैठकमा आयोगले आचारसंहिता स्वीकृत गरेको जनाएको छ।

१३ पुस, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको आयोगले जनाएको छ ।

आयोगको वेबसाइटमा आज प्रकाशित आचारसंहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले आचारसंहितामा विगतमा झैँ कतिपय बुँदालाई परिमार्जन गरी नयाँ आचारसंहिता तयार गरेको हो । आयोगले आचारसंहिताको मस्यौदामा प्राप्त सुझावलाई समेटेर स्वीकत गेरको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?