+
+
Shares

सभामुख र उपसभामुखको पदावधि सकियो, सभामुखले निवास छोड्दै

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आफ्नो कार्यकाल सकेर बिदा हुने भएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले १३ पुस २०७९ मा आफ्नो कार्यकाल सकिएपछि सरकारी निवास छोड्ने तयारी गरेका छन्।
  • संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेकोले घिमिरेले सार्वजनिक घोषणा नगरी बिदा हुने तयारी गरिरहेका छन्।
  • फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भएकाले सभामुख र उपसभामुखको कार्यकाल १३ पुस राति १२ बजेदेखि सकिएको छ।

१३ पुस, काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर बिदा हुने भएका छन् । घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार उनले सरकारी निवास छोड्ने तयारी पनि गरेका छन् ।

संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेकोले यसबारे जवाफ दिनुपर्ने हुँदा घिमिरे सार्वजनिक घोषणा नगरी बिदा हुन लागेको उनको भनाइ छ ।

‘पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेको र यसबारे सम्बन्धित क्षेत्रमा जवाफ दिनुपर्ने अवस्था आउने हुँदा प्रक्रियागत रुपमा अपठ्यारो पर्ने बुझेर उहाँ सार्वजनिक घोषणा नगरी बिदा हुनुहुन्छ,’  उनले भने, ‘अब उहाँ कार्यालय जानुहुन्न । निवास सर्ने तयारी गर्दै गर्नुहुन्छ, डेरा पनि खोजिसक्नु भएको छ ।’

संविधानमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेको प्रतिनिधिसभाका सभामुख, उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल हुने उल्लेख छ ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । यसका लागि आज र भोलि आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाइँदै छ ।

सभामुख र उपसभामुखको कार्यकाल गएराति १२ बजेदेखि सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?