Listen News
0:00
0:30
१४ पुस, काठमाडौं । मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ ।
बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
अधिकारीहरूका अनुसार रेल निजाना शहर नजिकै एक मोडमा लिकबाट बाहिरिएको बताएका छन् । मेक्सिकोका न्यायाधिवक्ताले दुर्घटनाको अनुसन्धान सुरू गरिएको जनाएका छन् ।
मेक्सिकोका राष्ट्रपति क्लाडिया शीनबामले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4