+
+
Shares

‘हिमालय रोडिज’ सातौं सिजनको फिनाले आज, कसले जित्ला उपाधि ?

जसले जितेपनि यसपटकको जित पनि अनुपको पोल्टामा जानेछ । अनुपको टिमले यसअघि चौंथो र छैटौं सिजन जितिसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १३:१२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालय रोडिज सातौं सिजनको ग्रान्ड फिनाले सोमबार बेलुका ९ बजे हिमालय टिभीमा प्रसारण हुनेछ।
  • उपाधिका लागि अनिश तामाङ र रोजिता लामाले प्रतिस्पर्धा गर्दैछन्, जो दुवै ग्याङ लिडर अनुपविक्रम शाहीको टिमबाट छन्।
  • विजेताले १० लाख नगद र यामहाको मोटरसाइकल पाउनेछन् भने उपविजेताले ६ लाखको शैक्षिक छात्रवृत्ति पाउनेछन्।

काठमाडौं । हिमालय रोडिज सातौं सिजनले सोमबार विजेता प्राप्त गर्दैछ । बेलुका ९ बजेदेखि हिमालय टिभीमा ग्रान्ड फिनालेको प्रसारण र ९ः३० बजेदेखि युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ ।

उपाधिका लागि अनिश तामाङ र रोजिता लामाले प्रतिस्पर्धा गर्दैछन् । रोचक के छ भने, यी दुबैजनाले ग्याङ लिडर अनुपविक्रम शाहीको टिमबाट प्रतिनिधित्व गर्नेछन् ।

जसले जितेपनि यसपटकको जित पनि अनुपको पोल्टामा जानेछ । अनुपको टिमले यसअघि चौंथो र छैटौं सिजन जितिसकेको छ भने पहिलोपटक नेपाली प्रतिस्पर्धाले जित्न लागेका हुन् । यसअघि अनुपका दुबै विजेता सिक्किमबाट थिए ।

अनिश नेपाली सेनामा आबद्ध छन् भने रोजिता फिटनेस ट्रेनर हुन् । नेपालको रोडिज इतिहासमा पहिलोपटक महिला फिनालेमा पुगेकी हुन् । यसपटक महिलामैत्री टास्क संचालन गरिएको सहनिर्देशक गरिमा तामाङले बताइन् ।

‘यो पटक होल सिजनमा हामीले टास्कमा ब्यालेन्स गरेका छौं । महिला प्रतिस्पर्धी मैत्री ढंगले टास्क गरिएको छ’ उनले भनिन् । दर्शकले फिनाले एपिसोडमा पुरस्कार वितरण पनि हेर्न पाउनेछन् ।

विजेताले १० लाख नगद र यामहाको मोटरसाइकल पाउनेछन् । उपविजेताले ६ लाखको शैक्षिक छात्रवृत्ति पाउनेछन् । सातौं सिजन साउन अन्तिमदेखि प्रसारण सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?