१४ पुस, काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फ उम्मेदवारको सूची बनाउँदा पार्टीभित्रको समूह व्यवस्थापनका लागि संस्थापन पक्षले ६०/४० को अनुपातमा भागबन्डा गर्ने प्रस्ताव गरेको छ ।
उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । यसक्रममा सभापति शेरबहादुर देउवा पक्षका ६० प्रतिशत समेटिने छन् । गगन थापा र शेखर कोइराला समूहका ४० प्रतिशत समेटिने छन् । संस्थापन पक्षबाट आएको प्रस्तावमा महामन्त्री थापा लगायतले अझै स्वीकार्न बाँकी रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए
कांग्रेसमा विगतदेखि नै यस्तो भागबन्डा चल्दै आएको छ । समानुपातिक तर्फको उम्मदेवारी दिने सोमबार अन्तिम दिन हो । अन्तिम दिन सूची बुझाउनका लागि दलहरू निर्णायक गृहकार्यमा छन् ।
कांग्रेसका शीर्ष नेताहरू पनि सूची तय गर्नका लागि आन्तरिक छलफलमा छन् । ११० जनाको सूची क्लस्टर मिलाएर पेस गर्नुपर्ने छ । कांग्रेसले विगतमा समानुपातिक उम्मेदवार भइसकेकालाई नदिने भन्ने छ ।
प्रतिक्रिया 4