+
+
Shares

स्वास्थ्यमन्त्री गौतमले सार्वजनिक गरिन् दुई महिने प्रगति विवरण

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १७:५०
फाइल तस्वीर

१४ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले पदबहालीको दुई महिनामा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण नीतिगत तथा व्यावहारिक कदमहरू चालेको बताएकी छिन् ।

१० कात्तिकमा पदबहाली गरेको मन्त्री शर्माले मानसिक स्वास्थ्य, औषधि व्यवस्थापन, स्वास्थ्य बीमा सुधार, मातृ तथा नवजात शिशु स्वास्थ्य र आप्रवासी श्रमिक स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर काम अघि बढाएको बताइन् ।

मन्त्रालयले स्वास्थ्य प्रणाली सुदृढीकरण र कार्यक्षमता सुधारलाई दुई मुख्य खम्बाका रूपमा अघि बढाएको छ । यसमा छ वटा प्राथमिकताका क्षेत्र निर्धारण गरिएको मन्त्री शर्माले बताइन् ।

स्वास्थ्य बीमा सुधारका लागि बीमाका प्रावधान सुधार्न विज्ञ समिति गठन, अस्पतालहरूको बाँकी भुक्तानी निकासाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको र सामाजिक सुरक्षा कोषसँग छलफल गरिएको कार्यप्रगतिमा समेटिएको छ ।

‘बीमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्‍बाट ओएनम सर्भेका लागि पूर्वस्वीकृत प्राप्त भएको छ,’ कार्य प्रगतिमा भनिएको छ, ‘बीमा बोर्ड र समाजिक सुरक्षा कोष लगायतसँग बृहत छलफल गरी काम अगाडि बढेको छ ।’

त्यसैगरी औषधि व्यवस्था सुधारका लागि विज्ञ सहित समिति गठन भएको, औषधि उत्पादक, औषधि व्यवसायी लगायतका विभिन्न सरोकारवालासँग समस्या पहिचान र सुधारका लागि परामर्श भएको डा. शर्माले कार्यप्रगतिमा समेटेकी छिन् ।

पदबहालीको पहिलो निर्णयका रूपमा जेन–जी आन्दोलनका घाइते तथा प्रभावितहरूलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने घोषणा गरिएको थियो । यसका अतिरिक्त शहीद परिवारलाई निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको छ । संघीय अस्पतालहरूमा मानसिक स्वास्थ्यसम्बन्धी आवश्यक औषधि र उपचारको व्यवस्था मिलाउने काम पनि तीव्र रूपमा अघि बढाइएको छ ।

खरिद तथा आपूर्ति शृङ्‍खला सुधारका लागि सार्वजनिक खरिद प्रक्रियामा सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त बनाउने प्रयास गरिएको दुई महिने कार्यप्रगतिमा समेटिएकी छिन् ।

नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने र मातृ तथा नवजात शिशु मृत्युदर उच्च भएका प्रदेशहरूमा विशेष अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

आप्रवासी नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै वैदेशिक रोजगारीमा जानेहरूका लागि स्वास्थ्य जाँच र परामर्श सेवालाई प्रभावकारी बनाउने काम अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?