+
+
Shares

नेकपा र रञ्जिता नेतृत्वको नाउपाबीच एकता

नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच १४ पुसमा कोटेश्वर पेरिसडाडामा १० बुँदे सहमतिसहित एकीकरण भएको छ।
  • एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ र चुनाव चिह्न तारा रहनेछ।
  • सहमति पत्रमा नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।

१४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ ।

नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन् ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न तारा रहनेछ । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एकीकरणपछि दुवै पार्टीका तिनै तहका जनप्रतिनिधि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?