+
+
Shares

नास्टको ‘सूचना पहुँच केन्द्र’माथि बनाइएको भिडियो भयो विश्वव्यापी प्रतियोगितामा तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नास्टको सूचना पहुँच केन्द्रले कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सीको विश्वव्यापी भिडियो प्रतियोगितामा ४५ देशका ६० केन्द्रलाई उछिन्दै तेस्रो स्थान प्राप्त गरेको छ।

१६, पुस, काठमाडौं । १२ हजार बढीलाई निःशुल्क तालिम दिएको नास्टको ‘सूचना पहुँच केन्द्र’माथि बनाइएको भिडियोले विश्वव्यापी एक प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेको छ । कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सीले आयोजना गरेको भिडियो प्रतियोगितामा विश्वका विभिन्न ४५ देशका ६० वटा केन्द्रहरूलाई उछिन्दै नास्टले तृतीय स्थान प्राप्त गरेको हो ।

सूचना प्रणाली केन्द्रका कोअर्डिनेटर प्रदीप ढोडारीका अनुसार ५ मिनेटको भिडियोमा केन्द्रले गर्दै आएको काम र ‘सफलताको कथा’ देखाइएको छ ।

हालसम्म नास्टको सूचना प्रविधि ल्याब र ‘मोबाइल आईएसी’ (बस) मार्फत झण्डै १२ हजार भन्दा बढी व्यक्तिले निःशुल्क सूचना प्रविधि सम्बन्धी तालिम प्राप्त गरिसकेका उनले जानकारी दिए । विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, कर्मचारी र सुरक्षा निकायका पदाधिकारीहरू लक्षित समूह भएको उनले जनाए ।

सीमित स्रोत-साधन, प्राविधिक उपकरण र जनशक्तिको अभावका बाबजुद विकसित देशहरूसँग प्रतिस्पर्धा गरेर जित्नुले नास्टको कार्यक्षमता र व्यवस्थापन प्रभावकारी रहेको पुष्टि गरेको ढोडारीले बताए ।

नेपालमा रहेको ‘डिजिटल डिभाइड’ (सूचना प्रविधिमा पहुँचको खाडल) कम गर्ने उद्देश्यले कोरियाली सरकारको विकास सहायता अन्तर्गत नास्टमा ‘सूचना पहुँच केन्द्र’ स्थापना गरिएको थियो । सन् २०२० डिसेम्बर ११ मा भएको द्विपक्षीय सम्झौताअनुसार सुरु भएको यो परियोजना सन् २०२१ नोभेम्बर ११ देखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?