१६ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विचार मिल्ने राजनीतिक दलहरु मिलेर सरकार बनाए स्थायित्व प्राप्त हुने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको संवादमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एउटा कुनै राजनीतिक दलले सरकार बनाउन नसके विचार मिल्ने राजनीतिक दलहरु मिले रसरकार बनाए स्थायित्व आउने जिकिर गरे ।
‘मुलुकमा शान्ति चाहियो । त्यसका लागि स्थिर सरकार चहियो । एउटा पार्टीले सरकार बनाउन सक्दैन भने विचार मिल्ने पार्टीले सरकार बन्ने हो भने राजनीति स्थायित्व दिन्छ । अबको नेतृत्व गर्ने स्थानमा जेनजीहरू हुनुपर्छ,’ मन्त्री सिन्हाले भने, ‘जोसँग सकारात्मक सोच छ र केही गरौँ भन्ने सोच भएकाहरुलाई अघि बढाउनुपर्छ । यो एउटा प्रतिबद्धताको जरुरी छ । हाम्रो पुस्ताका लागि यो अन्तिम अवसर हो । कम्पनी रजिष्ट्रारको काम फेसलेस गर्ने कार्य नभएको मैले पनि पाए, काम कारबाहीको तौरतरिका फेर्नुपर्छ । संविधान राम्रो छ । त्यसमा चुनौतीहरु धेरै भए त्यसमा संशोधन गर्नुपर्छ ।’
प्रतिक्रिया 4