१७ पुस, बुटवल । दुई दिन अघि नेकपा एमाले छाडेको घोषणा गरेका विघटित प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले भेटेका छन् । घिमिरेसहित एमाले जिल्ला तहका नेताहरूसँगको फोटो शेयर गर्दै पौडेलले ‘हामी सँगै छौं’ लेखेका छन् ।
एमाले उपाध्यक्ष पौडेलले घिमिरेले आफूसहित एमाले नेताहरूसँगको लामो छलफलपछि एमाले नछोड्ने र अरु दलमा नजाने बताएको तर यी कुरा घिमिरेसँगै बुझ्न अनलाइनखबरसँग आग्रह गरे ।
तर भेटबारे बुझ्न खोज्दा घिमिरेको मोबाइल स्वीचअफ छ । एमाले रुपन्देही उपाध्यक्ष हितराज पन्थीले घिमिरेले पार्टी परित्यागको निर्णय फिर्ता लिएकोबारे आफूलाई जानकारी नभएको बताए ।
आज बिहान मात्रै पत्रकारहरूसँग घिमिरेले आफू एमालेमा फर्किने सम्भावना नरहेको बताएका थिए । उनले रास्वपा र नेकपाका नेताहरूबाट पार्टीमा आउन अफर आएको तर निर्णय गरी नसकेको बताएका थिए ।
प्रतिक्रिया 4