+
+
Shares

सुनसरी गोली काण्ड: सशस्त्रका हवल्दार खतिवडासँग प्रहरीको सोधपुछ

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवका अनुसार हवल्दार खतिवडा बिहीबारदेखि नै जिल्ला प्रहरी कार्यालयमा छन् । उनीसँग सोधपुछ चलिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर विजय साहको मृत्यु भएको घटनाको छानबिनका लागि वरिष्ठ हवल्दार नवराज खतिवडालाई सोधपुछ गरिरहेको छ।
  • जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवका अनुसार हवल्दार खतिवडा बिहीबारदेखि प्रहरी कार्यालयमा छन् र सोधपुछ भइरहेको छ।
  • सशस्त्र प्रहरीले तस्करको समूहले पहिला गोली हानेको र जवाफी कारबाही गर्दा दुर्घटना भएको दाबी गरेको छ र घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।

१८ पुस, काठमाडौं । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको घटनाको छानबिनका लागि प्रहरीले सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दारसँग सोधपुछ गरिरहेको छ ।

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नवराज खतिवडालाई बिहीबार नै बोलाएर प्रहरीले सोधपुछ गरिरहेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवका अनुसार हवल्दार खतिवडा बिहीबारदेखि नै जिल्ला प्रहरी कार्यालयमा छन् । उनीसँग सोधपुछ चलिरहेको छ ।

‘बिहीबारदेखि नै उहाँ हाम्रै कार्यालयमा हुनुहुन्छ । सोधपुछको काम भइरहेको छ,’ एसपी थेबेले अनलाइनखबरसँग भने ।

बुधबार मध्यराति प्रहरीले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । लौकही नाकाबाट तीन वटा अटो रिक्सामा चिनी लिएर आएको समूहलाई सशस्त्रले गोली हानेको थियो ।

सोही क्रममा साहको मृत्यु भएको हो । सशस्त्र प्रहरीले भने तस्करको समूहले पहिला गोली हानेको र जवाफी कारबाही गर्दा दुर्घटना भएको दाबी गर्दै आएको छ । घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?