१८ पुस, काठमाडौं । समानुपातिक तर्फको मतपत्रको रङ सेतो कागजमा कालो मसीले लेखिएको हुने भएको छ ।
समानुपातिक तर्फ निर्वाचन लड्ने दलहरूले बन्दसूची बुझाएसँगै आयोग मतपत्र छपाइमा अगाडि बढेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रत्यक्षतर्फको मतपत्र छपाइको विषय आगामी माघ ९ गतेपछि मात्रै अगाडि बढ्नेछ ।
‘समानुपातिक तर्फको मतपत्र छापाइको काम अगाडि बढ्छ । यसको रङ सेतो कागजमा कालो मसीले लेख्ने भन्ने तय भएको छ’ उनले भने, ‘प्रत्यक्ष तर्फको मनोनयन माघ ६ गते छ । माघको ९ गतेपछि मात्रै प्रत्यक्षतर्फको मतपत्रको छपाइको विषय अगाडि बढ्छ । त्यसको रङको विषय पनि तय भइसकेको छैन ।’
आगामी २१ फागुनमा हुने निर्वाचनमा समानुपातिक तर्फ ६४ दलले भाग लिँदैछन् । १० वटा दलले एकल चुनाव चिन्ह लिएकाले मतपत्रमा चुनाव चिह्न भने ५८ वटा मात्रै हुनेछ ।
प्रतिक्रिया 4