+
+
Shares

२१ फागुनमा जसरी पनि चुनाव हुन्छ : सञ्चारमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १७:००

१८ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनमा जसरी पनि चुनाव हुने बताएका छन् ।

शुक्रबार चितवनको भरतपुरमा पत्रकाहरूसँग कुरा गर्दै मन्त्री खरेलले राम्रो, निष्पक्ष र धाँधलीरहित चुनाव हुने बताएका हुन् ।

उनले भने, ‘जनस्तरदेखि मिडियासम्म, प्रश्नदेखि जवाफसम्म सबै चुनावमा केन्द्रित भइरहेको छ । अब पनि चुनाव हुन्छ हुँदैन भन्ने कुरामा तपाईंहरूलाई द्विविधा छ र ? सम्भवतः द्विविधा छैन । यहाँहरूलाई म भन्न चाहन्छु २१ फागुनमा जसरी पनि चुनाव हुन्छ । जसरी भनेको राम्रो, निष्पक्ष र धाँधलीरहित चुनाव हुन्छ ।’

मन्त्री खरिलले निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको सुनाए ।

२१ फागुनमै चुनाव हुने सबैभन्दा पछिल्लो आधार भनेको ६४ वटाभन्दा बढी दलले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउने काम भइसकेको उनले बताए ।

उनले भने, ‘प्रमुख राजनीतिक दल सबैले बुझाइसके । १० लाखभन्दा बढी नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता भइसकेको छ । सुरक्षा निकायमा नयाँ नेतृत्व प्रहरीमा आइसकेर उसको मनोबल उच्च भइसकेको छ । सरकारले स्रोत, साधन, जनशक्ति जति चाहिन्छ त्यसका लागि पर्याप्त बजेट छुट्याइसकेको छ, पुर्‍याइसकेको छ ।  राजनीतिक दलहरू अहिले जिल्ला जिल्लामा गएर चुनाव प्रचारप्रसार गर्न थालिसकेका छन् । पार्टीको झण्डाहरू देखेर अब हामीलाई जिताउनुस् भन्न थालेका छन् । प्रत्यक्षतर्फबाट पनि उम्मेदवार छनोट हुन थालिसकेको छ । टिकट कसलाई दिन नदिने भन्ने चर्चा हुन थालिसकेको छ । को चुनाव लड्ने नलड्ने भनेर चर्चा हुन थालिसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?