+
+
Shares

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वन्तत्र पार्टीबाट उम्मेदवार बन्ने भएपछि पदबाट राजीनामा दिएका छन्।
  • उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर मन्त्री पदबाट राजीनामा दिएका हुन्।
  • पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिएका छन्।

५ माघ, काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ ।

कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका थिए ।

घिसिङ आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गरेर चुनावी तयारीमा छन् भने गुप्ता रास्वपाबाटै चुनाव लड्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?