News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कर्मचारीलाई जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्न निर्देशन दिएका छन्।
- मन्त्री खरेलले सरकारी कार्यालयबाटै जनतालाई परिवर्तनको अनुभूति दिलाउनुपर्ने र कर्मचारी र जनताको सम्बन्ध नङ–मासु जस्तो हुनुपर्ने बताए।
- उनले भने, "हामी जनताको सेवक हौं कर्मचारी पनि र राजनीतिकर्मी पनि भन्ने अनुभूति चाहीँ जति सक्दो बढी हामीले जनतालाई दिलाउन सक्यौँ, त्यति जनतालाई यो राज्य मेरो हो।"
२९ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनमा पुगेका उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै जेनजी आन्दोलन र परिवर्तित सन्दर्भमा राष्ट्र सेवक हुँ भन्ने अनुभूति जनतालाई दिलाउने गरी काम गर्न कर्मचारीहरूलाई सचेत गराए ।
‘सरकारी कर्मचारी, सबै राष्ट्र सेवक कर्मचारीहरुलाई म के भन्छु भने–जनतालाई परिवर्तनको अनुभुति हाम्रा सरकारी कार्यालयहरुबाटै हुनुपर्छ । यतातिर हामी अगाडि बढ्यौँ भने कर्मचारी र जनता चाँही नङ–मासु हो, त्यो साच्चिकै हो । त्यो कुरा अझै स्थापित भएर जान्छ,’ उनले भने ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले कर्मचारी र जनताको बीचको सम्बन्ध नङ–मासुको जस्तो बनाउन पनि उनीहरुले जनसेवाको कामलाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक रहेको स्पष्ट पारे ।
उनले जनतालाई परिवर्तनको अनुभूति दिलाउने काम सरकारी कार्यालयबाटै हुनुपर्ने पनि स्मरण गराए ।
‘हामी जनताको सेवक हौं कर्मचारी पनि र राजनीतिकर्मी पनि भन्ने अनुभूति चाहीँ जति सक्दो बढी हामीले जनतालाई दिलाउन सक्यौँ, त्यति जनतालाई यो राज्य मेरो हो, यो राष्ट्र मेरो हो । कर्मचारी मेरा हुन् । राजनीतिक दल र पार्टीहरु पनि हाम्रा हुन् । र जनताका लागि हुन भन्ने अनुभूति हुन्छ,’ उनले भने ।
प्रतिक्रिया 4