+
+
Shares

गुल्मीको पुर्कोट दहमा युवकको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १२:४३

२१ पुस, गुल्मी । मदाने गाउँपालिका-६ न्वारा निवासी ३३ वर्षीय टुकबहादुर परियार मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय पुर्कोटदहका अनुसार सोमबार बिहान करिब ९ बजे स्थानीयले मानिस मृत अवस्थामा रहेको जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

टुकबहादुर आइतबार न्वारास्थित आफन्तकोमा गएका थिए । त्यहाँ उनका आफन्तको मृत्यु भएको थियो । सोही दिन राति करिब साढे १० बजे घर फर्कने क्रममा गोरेटो बाटोबाट करिब १२/१५ मिटर तल मोटरबाटोमा खसेको अवस्थामा फेला परेका थिए ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमाण्डमा टोली खटिएको छ । अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?