+
+
Shares

कोशीमा नेकपाका सुन्दास र न्यौपानेले गराए उम्मेदवारी दर्ता, घिमिरे अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १५:४१

२३ पुस, विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खेमराज सुन्दास र नमिता न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् ।

सुन्दासले दलिततर्फबाट र न्यौपानेले महिलातर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । अन्य तर्फका उम्मेदवार हेमराज घिमिरे भने अनुपस्थित रहे । उनले आफ्नो उम्मेदवारी दर्ताका लागि वारेसनामा पठाएका थिए । तर उम्मेदवारी दर्ता हुन सकेन । हस्ताक्षर विनाको वारेस भएकोले मनाेनयन दर्ता नभएको मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले जानकारी दिए ।

कांग्रेस-एमाले गठबन्धनबाट एमालेका सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । अन्य तर्फ कांग्रेसका सुनील थापाले मनोनयन दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?