News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस कास्कीले २७–२८ पुसमा काठमाडौंमा हुने विशेष महाधिवेशन सफल बनाउन जिल्लाका प्रतिनिधिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेको छ।
- जिल्ला सभापति किशोरदत्त बरालले विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई पार्टीको वैचारिक स्पष्टता र संगठनात्मक एकता कायम राख्न आग्रह गर्नुभएको छ।
- बरालले नेपाली कांग्रेसलाई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशीला भनेका छन् र प्रतिनिधिहरूको गरिमामय उपस्थिति आवश्यक रहेको बताउनुभएको छ।
२४ पुस, काठमाडौं । नेपाली कांग्रेस कास्कीले काठमाडौंमा हुन गइरहेको विशेष महाधिवेशनलाई सफल बनाउनका लागि सक्रिय भूमिका निर्वाह गर्न जिल्लाका प्रतिनिधिहरूलाई अपिल गरेको छ ।
जिल्ला सभापति किशोरदत्त बरालले बिहीबार विञप्तिमार्फत् २७–२८ मा हुन गइरहेको विशेष महाधिवेशन सफल बनाउनका लागि सक्रिय भूमिका निर्वाह गर्न जिल्लाका प्रतिनिधिहरूलाई अपिल गरेका हुन् ।
‘नेपाली कांग्रेस कास्कीको सभापतिको हैसियतले म तपाईंहरु सबैमा विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् ।
पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीहरूबारे गम्भीर निर्णय लिने विशेष अवसरमा कास्कीबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको सक्रिय, जिम्मेवार र गरिमामय उपस्थिति अत्यावश्यक रहेको बरालको भनाइ छ ।
‘नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र होइन, यो लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशीला हो,’ उनले भनेका छन्, ‘यस्तो ऐतिहासिक घडीमा तपाईंहरूको सहभागिता केवल औपचारिक उपस्थिति नभई पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशनसँग प्रत्यक्ष रूपमा जोडिएको कर्तव्य हो भन्नेमा म विश्वस्त छु ।’

प्रतिक्रिया 4