+
+
Shares

समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १८:२१

२५ पुस, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् ।

२१ फागुनमा हुने निर्वाचनका लागि दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक सूची पठाएका थिए । त्यसमा नाम रहेका र फिर्ता लिन चाहनेलाई आयोगले यही पुस २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका १२ जना भन्दा बढीले नाम फिर्ताको घोषणा गरेका छन् । नेकपा एमालेमा समेत पाँच जनाले नाम फिर्ताका लागि पार्टीमा निवेदन दिएका छन् ।

नाम फिर्ता लिन चाहनेले आयोगमा स्वयम उपस्थित भएर वा वारेस मार्फत समेत निवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?