+
+
Shares

समानुपातिक सूची बुझाउन पाउनुपर्ने माग गर्दै अदालत जाने तयारीमा उनेपा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १३:३८

२८ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) प्रतिनिधिसभा सदस्यको निर्वाचन तर्फ समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारीमा जुटेको छ ।

उनेपाका नेता जितराम लामाका अनुसार निर्वाचन आयोगको अधिकारिक निर्णय लिएर अदालत जान खोजिएको छ ।

‘हामीले समानुपातिक निर्वाचन लड्ने भनेर दल दर्ता गरेकै छौं । समानुपातिक सूची बुझाउन ५० हजार तिरेर रसिद पनि लिएका छौं’ उनी भन्छन्, ‘समानुपातिक सूचीमा त्रुटि सच्याउने र नाम फिर्ता लिने समयभित्रै हाम्रो सूची लिइयोस् भनेर यसअघि नै निवेदन दिएका छौं । त्यसबारे निर्वाचन आयोगको आधिकारिक निर्णय आएको छैन ।’

लामाका अनुसार उनीहरू निर्वाचन आयोग जाँदैछन् । उनले भने, ‘आयोगले हाम्रो समानुपातिक सूची लिइदियो भने भइगयो । लिइदिएन भने किन लिइएन भनेर आयोगले आधिकारिक रुपमा केही देला । त्यसलाई लिएर अदालत जान्छौं ।’

निर्वाचन आयोगले दलहरूलाई यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाउन समय दिएको थियो । तर, उनेपाले पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति गर्‍यो र रास्वपाकै सूचीमा आफ्नो पार्टीका उम्मेदवारको नाम समेत समावेश गर्‍यो ।

रास्वपासँगको सहमति भंग हुनु अगाडि नै यो पार्टीले निर्वाचन आयोग गएर छुट्टै सूची लिइदिन निवेदन दिएको थियो । तर, आयोगले समय घर्किएको भनेर फर्काइदिएको थियो । फेरि आयोग गएर आयोगको पत्र लिएर अदालत जान लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?