News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २३ भदौमा जेनजी आन्दोलनमा नवयुवाहरूको मृत्यु दुर्भाग्यपूर्ण भएको बताउनुभयो।
- उनले भने, ‘जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबैनी हुन्’ र निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्नुभयो।
- शर्माले जेनजीको जिम्मा उनीहरूको सहभागितासम्म सीमित हुनुपर्ने र दोषारोपण नहुनुपर्ने बताउनुभयो।
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा २३ भदौमा नवयुवाहरूको मृत्यु भएको घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबैनी हुन् । २३ गते केवल संसद् भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला र?’ उनले भने, ‘कम्तीमा त्यतिका ज्यान जाने थिएन होला । भोलिपल्टको त्यो विध्वंश हुँदैनथ्यो होला ।’
उनले २३ र २४ को घटनालाई निष्पक्ष रूपमा छानबिन गर्नु पर्ने बताए । ‘जेनजीको जिम्मा त्यहाँसम्म हुनुपर्छ, जहाँसम्म उनीहरूको सहभागिता थियो । आफू सहभागिता नभएको घटनामा जेनजी पुस्तालाई दोषारोपण गरिनु हुँदैन,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4