+
+
Shares

कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १२:०६

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा  प्रदीप पौडेल र गुरुराज घिमिरेले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता घिमिरे र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।

सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ ।

बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन ।

वार्ता सफल नभएपछि दुई महामन्त्री थापा र शर्मा कानुन विद्हरूसँगको परामर्शमा छन् ।

निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।

शीर्षक सच्याइएको*

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?