+
+
Shares

नवयुवाको ज्यान लिनभन्दा संसद् भवन तोडिन दिनुपर्थ्यो : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २३ भदौमा जेनजी आन्दोलनमा नवयुवाहरूको मृत्यु दुर्भाग्यपूर्ण भएको बताउनुभयो।
  • उनले भने, ‘जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबैनी हुन्’ र निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्नुभयो।
  • शर्माले जेनजीको जिम्मा उनीहरूको सहभागितासम्म सीमित हुनुपर्ने र दोषारोपण नहुनुपर्ने बताउनुभयो।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा २३ भदौमा नवयुवाहरूको मृत्यु भएको घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबैनी हुन् । २३ गते केवल संसद् भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला र?’ उनले भने, ‘कम्तीमा त्यतिका ज्यान जाने थिएन होला । भोलिपल्टको त्यो विध्वंश हुँदैनथ्यो होला ।’

उनले २३ र २४ को घटनालाई निष्पक्ष रूपमा छानबिन गर्नु पर्ने बताए । ‘जेनजीको जिम्मा त्यहाँसम्म हुनुपर्छ, जहाँसम्म उनीहरूको सहभागिता थियो । आफू सहभागिता नभएको घटनामा जेनजी पुस्तालाई दोषारोपण गरिनु हुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?