+
+
Shares

नियमित अवरुद्ध पारेपछि विशेष महाधिवेशन अघि बढ्यो : गुरुराज घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले नियमित महाधिवेशन अवरुद्ध भएपछि विशेष महाधिवेशन अघि बढेको बताएका छन्।
  • घिमिरेले संस्थापन पक्षले आफूहरूतर्फ ढुंगा प्रहार गरेको र त्यसलाई जम्मा पारेर कांग्रेसको घर निर्माण गर्ने बताएका छन्।
  • उनले कांग्रेसलाई नयाँ नीति र नेतृत्व लिएर लोकतन्त्रको सुनिश्चित भविष्यका लागि अघि बढ्न आह्वान गरेका छन्।

२७ पुस, काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले नियमित महाधिवेशन अवरुद्ध भएपछि विशेष महाधिवेशन अघि बढेको बताएका छन् ।

दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले पार्टीलाई नवीन बनाउन प्रयास गर्दा संस्थापन पक्षले आफूहरूतर्फ ढुंगा प्रहार गरेकोसमेत बताए ।

संस्थापन पक्षले आफूहरूतिर फालेको ढुंगा जम्मा पारेर कांग्रेसको घर निर्माण गर्ने बताएका छन् ।

‘नेपाली कांग्रेसजस्तो सहनशील पार्टी एउटा पक्षलाई निस्तेज पार्ने ठाउँमा कसरी पुर्‍याउनुभयो ?,’ पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै उनले भने, ‘हामीमाथि पत्थर फाल्नुभएको छ, म फूलको थुंगा दिएर भन्न चाहन्छु, हामी तपाईंहरूले फालेका पत्थरलाई जम्मा पारेर कांग्रेसको घर बनाउन चाहन्छौं ।’

उनले कांग्रेसलाई यथास्थितिमा राख्न नसकिने भन्दै लोकतन्त्रको सुनिश्चित भविष्यका लागि नेपाली कांग्रेसले नयाँ नीति र नेतृत्व लिएर अघि बढ्ने बताए ।

उनले विशेष महाधिवेशनमा सहभागी भएर पूर्णता दिन पनि आह्वान गरे ।

‘म सभापति देउवालाई भन्न चाहन्छु, कार्यबाहक सभापति खड्कालाई आग्रह गर्न चाहन्छु मसँग तिक्तता रित्तिएको छ । यो विशेष महाधिवेशनलाई १०० प्रतिशतको महाधिवेशन बनाऔं । यो क्षणलाई नजरअन्दाज नगर्नुस् । बीपी र सुवर्णशम्शेरले मिलेर चलाएको पार्टी, उहाँहरूले गरेको अभ्यास र विधानको व्यवस्थालाई सबै मिलेर उत्सवको रुपमा अघि बढाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?