+
+
Shares

प्रेम सम्बन्धमा रहेको जनाउँदै गरिमा शर्माले सेयर गरिन् ‘प्रमिस रिङ’ लगाएको फोटो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १२:४३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोडल तथा अभिनेत्री गरिमा शर्माले आफू ‘मिंगल रिलेसिनसिप’ मा रहेको कुरा फेसबुक पोस्टमार्फत सार्वजनिक गरिन्।
  • उनले प्रेम प्रस्ताव स्वीकारेकी र ‘प्रमिस रिङ’ लगाएको फोटो सेयर गरिन्।
  • उनले प्रेमीको बारेमा जानकारी नदिई रहस्यमय बनाएर प्रशंसकमा जिज्ञासा बढाइन्।

काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्मा अब सिंगल रहिनन् । उनले आफू ‘मिंगल रिलेसिनसिप’ मा रहेको कुरा सार्वजनिकरुपमै बताएकी छन् । आइतबार राती ११ बजेतिरको फेसबुक पोस्टमार्फत गरिमाले आफ्नो रिलेसनसिप स्टाटस खुलाएकी हुन् ।

आफूले प्रेम प्रस्ताव स्वीकारेको र ‘प्रमिस रिङ’ लगाएको फोटो उनले सेयर गरेकी छिन् । ‘उसले प्रस्ताव राख्यो र मैले हुन्छ भनेँ । प्रमिस रिङ’ क्याप्सनमा उल्लेख छ ।

उनले यसबारे जानकारी दिन ४ वटा इमोजी प्रयोग गरेकी छन् । जसमा रिङ, रेड हार्ट, नजर एमुलेट र स्पार्कल्स छन् । टर्कीको संस्कृतिमा नजर एमलुेटको अर्थ हुन्छ कसैको खराब आँखा नलागोस् । स्पार्कल्सको अर्थ हुन्छ, अन्य ताराहरूले घेरिनु ।

फोटोमा गरिमाका प्रेमीको हात मात्र देखाइएको छ । हातमा ‘गरिमा’ नामको ट्याटु खोपिएको छ ।

इन्स्टाग्राममा क्याप्सन छ, ‘अन्ततः प्रेममा परेँ र त्यो देखियो ।’ उनले आफ्ना प्रेमीबारे जानकारी दिएकी छैनन्, जसले गर्दा प्रशंसकलाई ती रहस्यमय युवा को हुन् भन्ने जिज्ञासा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?