२९ पुस, काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटी तरकारी बजार लगायत उपत्यकाका अन्य बजारहरूमा समेत तरुल तथा अन्य कन्दमूलको बिक्री बढ्न थालेको छ ।
१ माघमा मनाइने यो पर्वमा तरुल, सखरखण्ड, पिँडालु लगायतका कन्दमूल विशेष परिकारका रूपमा खाने परम्परा छ । जसका कारण काठमाडौं उपत्यकाका बजारमा पनि यी खाद्य वस्तुहरूको माग ह्वात्तै बढेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका अनुसार माघे संक्रान्ति नजिकिएसँगै सर्लाही, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक लगायत जिल्लाबाट ठूलो परिमाणमा तरुल तथा कन्दमूल भित्रिने क्रम बढेको छ ।
बजारमा वन तरुल, घर तरुल, सिमल तरुल, हात्तीपाइले तरुल, पातले तरुललगायत विभिन्न प्रजातिका तरुल उपलब्ध छन् ।
व्यवसायीहरूकाअनुसार यो वर्ष युवा विदेश पलायन र घरमा मधुमेहका बिरामी बढेकाले तरुलको मागमा केही कमी आए पनि पर्वको पूर्वसन्ध्यामा बिक्री उल्लेख्य बढेको छ ।
उपभोक्ताहरू आफ्नो रुची अनुसारका तरुल किन्न बजारमा व्यस्त देखिन्छन् ।

प्रतिक्रिया 4