२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् ।
आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिने तयारी गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा अघि उनले मेयर पदबाट राजीनामा दिन लागेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार, उनले ४ गते मेयर पदबाट राजीनामा दिनेछन् । त्यसपछि उनी भोलिपल्ट रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यतालिका छ ।
लगत्तै, त्यहाँबाट उनी मधेश प्रदेश झर्ने बताइएको छ । मधेश लगायतका देशका विभिन्न ठाउँमा बालेनले आफ्नो सक्रियता बढाएको उनी निकटस्थहरूले बताएका छन् ।
मेयर शाहले रास्वपासँग सहकार्य गरेर अघि बढ्ने र आफू प्रधानमन्त्रीको रुपमा निर्वाचनमा जाने सहमति गरेका थिए ।
प्रतिक्रिया 4