३० पुस, काठमाडौं । सिंहदरबारभित्र सरसफाइ चल्दै छ । सडक आसपासमा बोट विरुवा मिलाउने लगायतका कार्य भइराखेका छन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबेला जलेका सवारीसाधन हटाइसकिएको छ । क्षतिग्रस्त संरचनाहरूमा रङ लगाउने लगायतका कार्य भएका छन् ।
यसपछि सिंहदरबार भित्रका बगैंचा र सडक आसपासमा बोट विरुवा मिलाउने लगायतका कार्य सुरु भएको हो ।
तत्कालीन सरकारले १८ पुस २०७५ मा सिंहदरबारमा बुटिक सिंहदरबारमा रूपमा रुपान्तरित गर्ने निर्णय गरेको थियो । त्यसपछि सिंहदरबारभित्र विभिन्न प्रकारका फलफूलका बिरुवा लगाउने र बगैंचाको रूपमा विकास गर्ने कार्य भएको छ ।
आगलागी हुँदा सिंहदरबार भित्रका बगैंचा समेत जलेका सवारीले फोहोर भएका थिए । फोहोर हटाउने र बिरुवालाई समेत मिलाउने काम भइरहेको छ ।
आगलागीबाट रुख बिरुवा समेत डढेका थिए । तिनमा क्रमश: पालुवा पलाएसँगै मिलाउने काम सुरु भएको हो । यसका साथै भुइँको फोहर सरसफाइको क्रम पनि चलिरहेको छ ।

प्रतिक्रिया 4