+
+
Shares

‘भूराजनीतिक चासो’ भन्दै रास्वपाले बन्दसूचीबाट हटायो टासी ल्हाजोमको नाम

यसअघि सुशीला कार्की सरकारमा मन्त्री बन्ने तयारीमा रहेकी टासीको बारेमा विभिन्न विवाद आएको भन्दै अन्तिम घडीमा नाम काटिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १५:०३

३० पुस, काठमाडौं । रास्वपाले समानुपातिक सूचीमा रहेकी जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाएको छ ।

भूराजनीतिक चासो उत्पन्न भएको भन्दै रास्वपाले टासीको नाम हटाएको हो । उनको नाम बन्दसूचीको माथिल्लो क्रममा भए पनि उनको सहमति बेगर सूचीबाट नाम हटेको हो ।

निर्वाचन आयोगले टासीको नाम सूचीबाट हटेको पुष्टि गरेको छ ।

यसअघि सुशीला कार्की सरकारमा मन्त्री बन्ने तयारीमा रहेकी टासीको बारेमा विभिन्न विवाद आएको भन्दै अन्तिम घडीमा नाम काटिएको थियो ।

उनी हिमाली क्षेत्रको पर्यावरण संस्कृति आदि क्षेत्रमा अध्ययन गरेकी अध्येता हुन् । जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेकी थिइन् ।

चिनियाँ पक्षले टासीको बारेमा आफुसँग विभिन्न सूचना उपलब्ध भएको भन्दै उनको संलग्नताले दुईदेशीय सम्बन्धलाई खलल पार्न सक्ने चिन्ता जाहेर गरेका थिए ।

हाल बिदाइ भइ गएका चिनियाँ तत्कालीन राजदूत चेन सोङले समेत त्यस बेला प्रधानमन्त्री कार्की लगायत केही मन्त्रीसँग टासीको नामबारे छलफल गरेका थिए ।

सोही विषय फेरि एकपल्ट उठेका कारण टासीको नाम सूचीबाट हटाइएको बुझिएको छ ।

तर रास्वपाका केही केन्द्रीय नेताहरुले भने हल्लाकै भरमा टासीको नाम काटिएको भन्दै आपत्ति जनाइरहेका छन् । टासीमाथि अन्याय भएको भन्दै पार्टीभित्र आवाज उठाउने उनीहरुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?