+
+
Shares

‘टिकटमा हस्ताक्षर कसले गर्ने हो आउनुभन्दा पनि गगन-विश्व मानेनन्’

‘टिकटमा सही नगर्न म तयार छु । तपाईंहरू कसल गर्ने हो गर्नू । कानुनी कुरा के हुन्छ हेर्नू ।’ देउवालाई उदृत गर्दै लेखकले बैठकमा भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सभापति शेरबहादुर देउवाले आफू निर्वाचन टिकटमा हस्ताक्षर नगर्न तयार रहेको जानकारी दिएका छन्।
  • देउवाले बुधबार बिहान महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माबीचको छलफलमा भनेका छन्, "टिकटमा सही नगर्न म तयार छु। तपाईंहरू कसल गर्ने हो गर्नू।"
  • लेखकले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले विशेष महाधिवेशन आह्वान गरेर पार्टी विभाजनतर्फ लगेको बताएका छन्।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सभापति शेरबहादुर देउवाले आफू निर्वाचनको टिकटमा हस्ताक्षर नगर्न पनि तयार रहेको बताएको जानकारी दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा सहमतिका लागि भएको वार्ताको बारेमा जानकारी गराउँदै देउवाले भनेको कुरा उल्लेख गरेका हुन् ।

सभापति र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच बुधबार बिहान भएको छलफलमा सभापतिले आफू टिकटमा हस्ताक्षर नगर्न तयार रहेको बताएको लेखकले जानकारी दिए ।

‘टिकटमा सही नगर्न म तयार छु । तपाईंहरू कसल गर्ने हो गर्नू । कानुनी कुरा के हुन्छ हेर्नू ।’ देउवालाई उदृत गर्दै लेखकले बैठकमा भने ।

लेखकले बैठकमा महामन्त्रीहरू विशेष महाधिवेशन आह्वान गरेर पार्टी विभाजनतर्फ लगेको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?