+
+
Shares

कांग्रेसको विशेष महाधिवेशन पक्ष भोलि मात्रै निर्वाचन आयोग जाने

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर भोलि मात्रै निर्वाचन आयोग जाने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर भोलि मात्रै निर्वाचन आयोग जाने तयारीमा छन्।
  • शेरबहादुर देउवा पक्षले कांग्रेसले विशेष महाधिवेशन नगरेको भन्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ।
  • कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको निर्णयलाई वैधानिक र संवैधानिक मानिएको बताएका छन्।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर भोलि मात्रै निर्वाचन आयोग जाने भएको छ । विशेष महाधिवेशनबाट नेतृत्व चयन गरेर त्यसको अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारी छ ।

शेरबहादुर देउवा पक्षले निर्वाचन आयोग पुगेर कांग्रेसले विशेष महाधिवेशन नगरेको भन्ने ब्यहोराको पत्र बुझाएको छ । त्यसपछि विशेष महाधिवेशन पक्षधरले पनि निर्वाचन आयोगका अधिकारीहरूसँग सम्पर्क गरेका थिए ।

‘दुवै पक्षले कतिबेलासम्म निर्वाचन आयोग आउँदा भेटिन्छ भन्ने आशयले कुरा गरेका थिए । एउटा पक्षले एउटा पत्र ल्याएर छोडेको छ । अर्कोले भोलि आउने भनेको छ’ एक अधिकारीले भने ।

देउवा पक्षले नेपाली कांग्रेसको नाममा काठमाण्डौमा विशेष महाधिवेशन भएको भनी विभिन्न संचार माध्यममा आएको भन्दै त्यस्तो कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको भनेर पत्र दिएको हो ।

कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको आधिकारिता विशेष महाधिवेशन पक्षधरसँगै रहेको बताएका छन् । उनले भृकुटिमण्डपमा जारी बन्दसत्रलाई सम्बोधन गर्दै विशेष महाधिवेशनले गर्ने निर्णय नै आधिकारिक हुने बताएका छन् ।

विशेष महाधिवेशनले गर्ने निर्णय नै वैधानिक र संवैधानिक रहेको उनले बताएका छन् ।

देउवा पक्षले निर्वाचन आयोगमा पत्र पठाएको उल्लेख गर्दै गगन थापाले भनेका छन्, ‘निर्वाचन आयोगमा पत्र पठाए, सँधैभरी सेटिङले चल्छ ? यसैगरी चलाइराख्ने हो ?’

निर्वाचन आयोगले बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन गरेर गरेको निर्णयलाई आधिकारिता दिने पनि उनको विश्वास छ ।

उनले भनेका छन्, ‘मलाई सबै संस्थाहरूप्रति विश्वास छ । नेपाली कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिहरू जम्मा भएर विधिसम्मत ढंगले गरिएको विशेष महाधिवेशनबाट आएको परिणामलाई निर्वाचन आयोगले वैध ढंगले स्वीकार गर्छ भन्ने विश्वास छ । किनकी यसका वैधानिक कारण छन्, संवैधानिक कारण छन् ।’

बरु देउवा पक्षले गरेको कारबाहीको सामान्य प्रक्रिया समेत पुरा नभएको उनले बताए । ‘कारबाही गर्नु भन्दला अगाडि स्पष्टीकरण सोध्नपर्दैन ?’ थापाको प्रश्न छ ।

थापाले पार्टी नफुटेको पनि उनले बताए । उनले भनेका छन्, ‘पार्टी फुटेको छैन । यही आधिकारिक पार्टी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?