+
+
Shares

कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता डा. चन्द्र भण्डारीले नेपाली कांग्रेसको विभाजनले पार्टीलाई ठूलो क्षति पुर्‍याएको प्रतिक्रिया जनाएका छन्।
  • कांग्रेसको देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बसेर महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई निष्कासन गरेको छ।
  • विशेष महाधिवेशन पक्षधरले गगनको नेतृत्वमा नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढाइरहेको छ।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले विभाजनले पार्टीलाई ठूलो क्षति पुर्‍याएको प्रतिक्रिया जनाएका छ ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै भण्डारीले अथक प्रयासका बाबजुद पार्टीलाई एकढिक्का बनाउन नसकिएको उल्लेख गरेका छन् ।

‘अन्यत्न दु:खद । कांग्रेसलाई ठूलो क्षति । एक दिन मिल्नु नै छ । जुन विगतको अनुभव हामीसँग छ । तर, अथक प्रयास सफल हुन सकेन,’ उनले लेखेका छन् ।

अहिले विभाजित अवस्थामा पुगेको कांग्रेस एक दिन मिल्नै पर्ने धारणा व्यक्त गरेका छन् ।

काठमाडौंमा चलिरहेको दोस्रो विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रियामा अघि बढेपछि कांग्रेसको देउवा पक्षले पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बसी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई निष्कासनको निर्णय गरेको थियो ।

सो निर्णयपछि कांग्रेस विभाजित भएको छ । विशेष महाधिवेशन पक्षधरले गगनको नेतृत्वमा नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?