+
+
Shares

०७९ मा पराजित दुवै उम्मेदवारलाई एमालेले बनायो सिन्धुलीमा पुन: उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते ११:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले सिन्धुली क्षेत्र नम्बर १ मा प्रदीपकुमार कटुवाललाई उम्मेदवार बनाएको छ।
  • सिन्धुली क्षेत्र नम्बर २ मा एमालेले मनोज जंग थापालाई उम्मेदवार बनाएको छ।
  • यी दुवै उम्मेदवार २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए।

४ माघ, काठमाडौं । अघिल्लो प्रतिनिधि सभाको निर्वाचन २०७९ मा पराजित दुबै उम्मेदवारलाई नेकपा एमालेले यो पटक पनि सिन्धुलीमा उम्मेदवार बनाएको छ ।

सिन्धुलीको क्षेत्र नम्बर १ मा एमालेले प्रदीपकुमार कटुवाललाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ मा मनोज जंग थापालाई उम्मेदवार बनाएको छ । यी दुवै उम्मेदवार २०७९ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।

त्यतिबेला क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे निर्वाचित भएका थिए । घिमिरे ३० हजार ३१९ मतसहित निर्वाचित हुँदा कटुवालले २५ हजार ५४६ मत ल्याएका थिए ।

त्यस्तै क्षेत्र नम्बर २ मा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) का लेखनाथ दाहाल (राजन) विजयी भएका थिए । उनले २७ हजार ५१७ मत ल्याएर विजयी हुँदा मनोज जंग थापा २१ हजार ६८७ मतसहित दोस्रो भएका थिए ।

थापा पूर्वमाओवादी समेत हुन् । माओवादी र एमाले मिलेर नेकपा बनेपछि दुई पार्टी फुट्दा उनी एमालेमै बसेका थिए ।

२०७९ को निर्वाचिनमा पराजित यी दुवै उम्मेदवारलाई अहिले फेरि एमालेले उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?