४ माघ, काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागु हुने विषयमा सरकारलाई जानकारी गराएको छ ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमाझ यो जानकारी दिएको हो ।
आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतिकरण पनि गरिएको थियो । जसअनुसार, निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागु हुनेछ ।
आयोगको आजै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरु, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4