४ माघ, काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको समानुपातिक तर्फको ११० सिटमै उम्मेदवारी दिएको छ ।
निर्वाचन आयोगको विवरण अनुसार आदिवासी जनजातितर्फ पहिलो नम्बरमा शन्ति लक्ष्मी कक्षपतीको नाम छ । यही कलस्टरमा दोस्रो नम्बरमा अनु डंगोलको नाम छ ।
खसआर्य महिलामा संगिता सिलवाल, मुस्लिम महिलामा बेनजिरा खातुन, दलित महिलामा संगिता नेपाली, थारु महिलामा निराशा कुमारी चौधरी, थारु पुरुषमा अमलेश राना रहेका छन् ।
मधेशी पुरुषमा श्यामानन्द यादव, आदिवासी जनजाति पुरुषमा श्याम बहादुर भुजेल रहेका छन् ।
दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएका थिए । उक्त सूची आज सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् ।
निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दावी विरोध गर्नुपर्ने हुन्छ ।
प्रत्यक्ष तर्फको मनोनयन भने आगामी मंगलबार हुँदैछ ।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् ।
हेर्नुहोस् श्रम संस्कृति पार्टीको समानुपाति सूची




प्रतिक्रिया 4