+
+
Shares

प्रेमी चिनाउँदै गरिमाले भनिन् : अब केही वास्तविक बनाउँदैछौं

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १३:४४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोडल तथा अभिनेत्री गरिमा शर्माले आठ वर्षदेखि प्रेम सम्बन्धमा रहेको अञ्जन पौडेललाई सामाजिक सञ्जालमार्फत चिनाएकी छन्।
  • गरिमा शर्माले इन्स्टाग्राममा प्रेमीसँगका तीन फोटो पोस्ट गर्दै विद्यालयदेखिको प्रेम भएको उल्लेख गरेकी छन्।
  • गरिमा र अञ्जन दुवैले रत्ननगरस्थित स्काईराइडर कलेजमा अध्ययन गरेका थिए र अञ्जन हाल अष्ट्रेलियामा बसोबास गर्दै छन्।

काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्माले गत साता ‘प्रमिस रिङ’ लगाएको फोटो सेयर गर्दै आफू प्रेम सम्बन्धमा रहेको घोषणा गरिन् । त्यतिबेला उनले प्रेमीलाई गुपचुप राखेर फ्यानलाई सरप्राइज दिएकी थिइन् ।

उनको रहस्यमय प्रेमीबारे धेरै अड्कलबाजी पनि भए । आइतबार बेलुका भने उनले आफ्ना प्रेमीलाई सामाजिक सञ्जालमार्फत चिनाएकी छन् ।

उनले इन्स्टाग्राममा प्रेमीसँगका तीन फोटो पोस्ट गर्दै लेखेकी छन्, ‘हामी त्यतिबेला भर्खरैका केटाकेटी थियौं । अब भने हामी केही वास्तविक बनाउँदैछौं । विद्यालयदेखिको प्रेम ।’

गरिमाले प्रेमीको नाम उल्लेख नगरेपछि धेरैजनाले कमेन्टमा ती युवकको नाम मेन्सन गर्दै दुबैलाई बधाइ दिइरहेका छन् । ती युवकको नाम हो- अञ्जन पौडेल । ८ वर्षदेखि यी दुईजना प्रेम सम्बन्धमा रहेको स्रोत बताउँछ ।

चितवन स्थायी घर भएका उनीहरू दुवैले रत्ननगरस्थित स्काईराइडर कलेजमा साथै अध्ययन गरेका थिए । अञ्जन टाँडी निवासी हुन् भने गरिमा भरतपुरकी । अञ्जन अहिले अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

म्युजिक भिडिओबाट लोकप्रियताको शिखर चुमेकी गरिमाले फिल्म ‘लण्डन टु पेरिस’ मार्फत नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् । गरिमाले आधिकारिक रूपमा सम्बन्ध खुलासा गरेपछि उनलाई प्रशंसकले बधाइ र शुभकामना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?