५ माघ, काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् ।
अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् । स्रोतका अनुसार, उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ ।
चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । राजीनामा बुझाएपछि उनले सञ्चार मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4